- लुम्बिनी, २ माघ ।
राष्ट्रियसभा सचेतक एवम नेकपा एमालेका केन्द्रिय सदस्य खिमलाल भट्टराईले एक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएका छन ।
भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा रामजानकी हनुमानमन्दिरको शिलान्यास कार्यक्रममा एमालेका केन्द्रिय सदस्य भट्टराईले लुम्बिनीमा बुद्ध र रामजानकी हनुमानमन्दिरसगै मुस्लिम समुदायको लागि अत्याधुनिक मस्जिद पनि निर्माण गर्नु पर्ने विवादास्पद अभिव्यक्ति दिएका छन । हिन्दु धर्मावलम्बीको कार्यक्रममा मुस्लिम समुदायको मस्जिद निर्माण हुनुपर्ने धारणा राखेपछि सदस्य भट्टराईको चर्को आलोचना भएको छ ।
शिलान्यास कार्यक्रममा प्रमुख अतिथी रहेका राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले मन्दिरको शिलान्यास गरे पनि उनले कुनै विवादास्पद अभिव्यक्ति नदिए पनि सदस्य भट्टराईले लुम्बिनीमा मस्जिद निर्माण हुनुपर्नेमा जाेड दिएपछि चाैतर्फी अलाेचना खेप्नु परेकाे हाे ।
भट्टराईको उक्त अभिव्यक्तिपछि हिन्दु परिषद नेपालका अध्यक्ष सन्तोष पटेलले चर्को बिरोध गर्दै भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा मस्जिद बनाउने अभिव्यक्ति दिनु आपत्तिजनक भएको बताउदै नेपाल हिन्दु राष्ट्र घोषणा नभए भारत जस्तै बटवारा हुने बताए । विशेष अतिथि हिन्दु परिषद नेपालका अध्यक्ष सन्तोष पटेलले भारतले जुन समस्या झेल्दै आएकाे छ, भविश्यमा नेपाल तथा नेपालीले झेल्न नपराेस् भन्दै हिन्दु तथा मुस्लिमबीच आपसी एकता कायम रहिरहनु पर्ने कुरामा जाेड दिए । पटेलले आफु मुस्लिम धर्मको बिरोधी नभएको बताउदै सो कुराकाे लागि लुम्बिनी क्षेत्र उपयुक्त नभएको बताए ।
लुम्बिनीमा रामजानकी हनुमानमन्दिरको शिलान्यासका लागि लुम्बिनी स्थित मायादेवी पोखरीबाट जल भरेर शुरू भएको कलश यात्रा नगर परिक्रमा गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न.१ स्थित खुनगाइं भगवानपुरमा निर्धारित मन्दिर परिसरमा ०७८ मंसीर २२ गते सो शिलान्यास गरिएको थियाे ।





