11.2 C
New York
Saturday, May 2, 2026

Buy now

spot_img
spot_img

रुपन्देहीमा २ घण्टाको लागि कर्फ्यु खुल्ला

- Advertisement -

भैरहवा, २६ भदौ।
रुपन्देही जिल्लामा आज बिहान ७ देखि ९ बजेसम्म मात्र कर्फ्यु खुला गरिएको छ। त्यसपछि पुनः बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म कर्फ्यु यथावत् रहने भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेद्वारा जारी सूचनामा सम्भावित प्रदर्शन, जुलुस र झडपलाई मध्यनजर गर्दै कर्फ्यु आदेश लागू गरिएको उल्लेख छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम लागू गरिएको आदेश अनुसार कर्फ्यु अवधिभर कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन वा सभा गर्न निषेध गरिएको छ। आदेश उल्लङ्घन गर्ने जो–कोहीलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।

शान्ति सुरक्षा कायम राख्न सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहँदै आएको छ र प्रशासनले आम नागरिकलाई कर्फ्यु पालना गर्न आग्रह गरेको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme