13.9 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

लुम्बिनी प्रदेशद्वारा प्रज्ञा पदकको लागि अमिर आजम चयन

- Advertisement -

सहबान अन्सारी

नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ६ स्थित मदरसा मदिनतुल ओलुम माध्यमिक विद्यालयका प्रधानाध्यापक अमिर आजम मिया पदक विभुषणका लागि चयन हुनुभएको छ ।
आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेश सरकारद्वारा २०७९ असोज ३ गते संविधान दिवसका दिन पदक विभुषित गर्ने घोषणा गरेको हो ।
नेपालमा पहिलोपटक मदरसालाई सरकारको पाठ्यक्रम अनुसार मुलधारमा ल्याई १०+२ माध्यमिक तहसम्म संचालनमा योगदान पुर्याउन सफल भएका प्राधानाध्यापक आजमलाई प्रदेश प्रज्ञा पदकको लागि चयन गरेको प्रदेश राजपत्रमा उल्लेख गरिएको हो।
विसं २०६५ मा धार्मिक विद्यालय मदरसाका रुपमा स्थापना भएको उक्त मदरसामा उर्दु र अरबी साथै नेपाली, गणित, सामाजिक, विज्ञान, अंग्रेजी लगायतका विषयमा विद्यार्थीले शिक्षा प्राप्त गर्दै आएका छन् भने यससँगै अब कम्प्युटर शिक्षाको अध्ययन गर्न पाउने भएका हुन् ।

एकमात्र माध्यमिकतह शिक्षा प्रदान गर्दै आएको सो विद्यालयमा हाल करीब ३ सय ८१ मुस्लिम विद्यार्थीहरू पठनपाठन गर्दै आएको मदरसामा १४ जना शिक्षक शिक्षिका अध्यापनरत रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष साकिर अन्सारीले बताए।
जिल्लामा कूल धार्मिक रुपमा कुल ५२ मदरसा संचालनमा रहेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme