दिल्ली । वरुण चौधरीले हिन्दु धर्मगुरु बागेश्वर धाम सरकारलाई नेपाल भ्रमणमा आउन निमन्त्रणा दिनु भएकाे छ ।
चाैधरी मध्यप्रदेशको छतरपुरमा रहेको उनको आश्रममा भेटेर बागेश्वर धाम सरकारलाई नेपाल भ्रमणको निम्तो दिनुभएकाे हाे ।
बागेश्वर धाम सरकारले वरुण चौधरीको निमन्त्रणा स्वीकार गर्दै छिट्टै नेपाल भ्रमणको मिति घोषणा गर्ने बताएका छन् । चाैधरी हिजाे जेठ २२ गतेका दिन बागेश्वर धाम पुगेका थिए ।
वरूण चाैधरी नेपालका एकमात्र अरबपति तथा पश्चिम नवलपरासी संसदिय निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य विनाेद चाैधरीका कान्छाे छाेराे हुनुहुन्छ । उहाँ चाैधरी ग्रुपकाे भारतीय बजारका लागि प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँ दिल्लीमा रहेर भारत र दुबइमा व्यापार सञ्चालन गर्दै आउनु भएकाे छ ।
चाैधरी ग्रुपले सिजी सिमेन्ट लगायतका नेपाली उत्पादनका वस्तुहरूकाे भारतीय बजारमा व्यापार गर्दै आएकाे छ ।





