गाउँपालिकाकाे एक दिने अध्यक्ष पदमा बाल क्लब सञ्जालका अध्यक्ष

162

राजन कुमार बानिया, पर्सा ।

पर्सा जिल्लाकाे सखुवा प्रसौनी गाउँपालिकाकाे कार्यालयमा राष्ट्रिय बाल दिवसको अवसरमा बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भने मूल नाराका साथ एक दिने बालबालिकाको नेतृत्वमा गाउँपालिका उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवको सहजीकरणमा जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्सा एबम गाउँपालिका बाल क्लब संजालका अध्यक्ष अर्जुन शाहले गाउँपालिका अध्यक्षकाे कार्यभार सम्हालेका छन् ।

गाउँपालिका अध्यक्ष जसवन्त यादवले खाँदा लगाउनु भएको थिएभने गाउँपालिका उपाध्यक्ष शर्मिला विष्ट महतोले टीका लगाएका थिए त्यसरी परिचय पत्र शिक्षा शाखा प्रमुख नेपालेन्दु शाहले लगाएका साथ साथै मन्तब्य ब्यक्त गरेका थिए । त्यसपश्चात गाउँपालिका अध्यक्ष अर्जुन शाहले गाउँपालिका रहेका विद्यालय, स्वास्थ्य चौकी, निर्माणधिन भवन र सार्वजनिक पोखरी लगायतका अनुगमन गरी प्रतिवेदन गाउँपालिका अध्यक्ष जसवन्त यादवलाई हस्तान्तरण गर्ने छन्।

अनुगमन गर्ने क्रममा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा पुस्तकालय, प्रोगात्मक प्रोयोगशाला, शिक्षक दरबन्दी र बाल मैत्री स्थानिय शासन घोषणा गर्न निमित्त सक्रियताकाे साथमा काम अगाडि बढाएर चाँडै बाल मैत्री स्थानिय शासन गाउँपालिका घोषणा गर्ने निर्णय गरेका छन् ।

कार्यक्रममा वाड अध्यक्ष मोजाईल अन्सारी, निवर्तमान वाड सदस्य धर्म राज साह, स्वास्थ्य शाखा प्रमुख राजेश, मुकेश साह रौनियार, चन्दन सहनी, हरिन्द्र साह माधव साह लगायतको उपस्थिति रहेको थियो ।