सचेतना गोष्ठी कार्यक्रम जिमिरेभारमा

39

पप्पु रेग्मी । पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी नवलपरासीकाे अायाेजनामा १ दिवसिय रत्तदान सचेतना गोष्ठी कार्यक्रम जिमिरे भारमा शनिवार सम्पन्न भएको छ ।

पश्चिम नवलपरासी जिल्ला शाखाको आयोजनामा एक दिवसीय वडा स्तरीय रक्तदान सचेतना गोष्ठी कार्यक्रम जिमिरे भारमा शनिवार सम्पन्न भएको छ । वडा नम्बर १, ५, ६ र ७ को संयुक्त रूपमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नवल परासी पश्चिम जिल्ला शाखाका मन्त्री ऋषिराम सुवेदीको अध्यक्षतामा रहेको थियो ।

रगत अभावमा अस्पतालमा बसेका विरामीहरुले अकालमा मृत्यु नहोस भन्ने उद्देश्यले उक्त सचेतना कार्यक्रम गरिएको जनाईएको छ । कार्यक्रमका बक्ताहरुले रगत अावश्यकता भएकाे बिरामीलाई रगत दिएर बचाउने गरेमा सबभन्दा बढि पुण्य दान भएको हुदां प्रत्येक वडा वडा वाट प्रत्येक स्वस्थ्य व्यक्तिले र गत दान गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा वडा नं १ का वडाध्यक्ष संदिप सापकोटा, वडा नम्बर ५ को वडाध्यक्ष विमला गुरुङ, वडा नं. ७ का वडाध्यक्ष ध्रुव थारू, नेपाल रेडक्रस सोसाइटी नवलपरासी शाखाका उप कोषाध्यक्ष रामचन्द्र अधिकारी नेपाल रेडक्रस जिल्ला शाखाका कार्यकारी सदस्य सुरज के सी. कार्यालय सहायक संदेश ठाकुर लगायतले रक्त दान र यसको महत्व माथि प्रकाश पार्दै बोलेका थिए ।

कार्यक्रममा पश्चिम नवलपरासीमा रहेका स्थानीय तहमा जेठ १५ गते सम्ममा संकलन गरिएको विवरण जिल्ला शाखा नवलपरासीका वरिष्ठ अधिकृत मुरारी प्रसाद गुप्ताले जानकारी गराएका थिए ।