सविता गुप्ता, कपिलवस्तु ।
सनशाईन सामाजिक विकास सास्थाको सामाजिक परिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/०७९ को सामाजिक परिक्षण मायादेवी गाउँपालिका वडा नम्बर १ पकडीमा सम्पन्न भएको हो । संस्था द्धारा संचालित परिवर्तनका लागि बालाबालिका, यूवा र समुदाय परियोजन (CYCC ), शान्तिका लागि स्थानिय क्षमता परियोजन (LCP), कोभिड १९ महामारी प्रतिकार्यमा स्वास्थ्य प्राणाली सुधर परियोजन (HIS), कोभिड १९ प्रभावित सामुदायमा जिविकोपार्जन कार्यक्रम (ECOV) र एच.आई.भि एडेस सामुदायिक प्रतिकार्य परियोजन (CRH), गरी ६ वटा परियोजनको सामाजिक परिक्षण भएको थियो ।
मायादेवी गाउँपालिका भित्र संचालित परियोजबाट भएको क्रियाकलप तथा कार्यको बारेमा प्रतिवेदन संस्थाका सचिव दिलिप कुमार यादवले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा आफनो स्वाग्ता मन्तव्य राख्दै समाजिका परिक्षण गर्नु को उद्देश्य वारे संस्थाका कार्यकारी निर्देशकले कृष्ण कुमार श्रेष्ठले जनकारी दिनुभएको थियो । कार्यक्रमको खुल्ला शत्रमा आधिकारवाला तथा सेवाग्रहीहरुले संचालित विभिन्न परियोजनका वारेका प्रश्न गरेका थिए ।
शिक्षा तथा प्रविधिक शिक्षामा जोड दिन , सीपमूलक तालिमहरुको व्यवस्थ, आत्मनिर्भर बान्नको लागि जिविको पार्जान समुह दर्ता लगायतको विषयमा अधिकारवालाहरुले प्रश्न गरेका थिए । सहभागीहरु बाट अएको प्रश्नहरुको जवाफ सम्बन्धित परियोजका प्रमुखले दिएका थिए ।
कार्यक्रममा उठेका प्रश्नको जबफलाई आत्मसाथ गर्दै आगमी दिनहरुमा मायादेवी गाउँपालिका संग हतेमलो गर्दै आगडी बाढने संस्थाका अध्यक्ष शिवलाल यादवले प्रतिबद्धता व्यक्तगर्नु भएको छ । खुल्ल सत्रको सहजिकारण अर्जुन थापले गरेका थिए ।

सनशाईन सामाजिक बिकास संस्थाको सझेदार यूनाईटेड मिसन टु नेपालका कार्यक्रम अधिकृत नवराज जोशीले मायादेबीको शिक्षा, स्वास्थ्य तथा आय आर्जनमा सघन रुपमा कार्यक्रम संचालन गर्ने बताउनु भएको थियो । कार्यक्रममा मायादेबी वार्ड नं. ३ का शैलेन्द्र कुमार यादवले संस्थाले संचालन गरेका कार्यक्रमहरुको प्रशंसा गर्दे अगामी दिनहरुमा पनि पालिका संग सहकार्य गरी शिक्षा, स्वास्थ्य तथा रोजगार मुलक कार्यक्रम संचालन गर्नु पर्ने बताउनु भएको थियो ।
सांस्था का अध्यक्ष शिवलाल यादवको अध्यक्षता र मायादेबी गाँउपालिकाका उपा अध्याक्ष सरस्वती यादवको प्रमुख अतिथतामा भएको थियो । कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रसासकिय अधिकृत परमेश्वर यादव र गैसस महासंघ कपिलवस्तु का आध्यक्ष प्रविण कुमार श्रीवास्तव बिशिष्ठ अतिथीका् रुपमा रहनु भएको थियो । कार्यक्रमको संचालन संस्थाका सदस्य राम सेवक यादवले गर्नुभएको थियो । कार्यक्रममा, महिला, बालक्लब, यूवा क्लब, महिला समुह, महिला संजाल, संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धजीबी, समाजसेवी, आधिकारवाला लगायतको सहभागित रहेको थियो ।
कार्यक्रमा सनशाईन सामाजिक विकास संस्थाद्धारा प्रदान गरिने यस बर्षको उत्कृष्ठ कर्मचारी पुरस्कार बाट दुई जना कर्मचारी सम्मानित हुनभएको छ । सम्मानित हुने कर्मचारीहरुमा भोरिक केवट र सुस्म घिमिरे हुनु भएको छ । कार्यक्रममा अधिकारवाला तथा सरोकार वाला गरि १ सय ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।





