11.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

सरस्वतीकाे रजत जयन्ती समारोह शुरू

- Advertisement -

पप्पु रेग्मी, बर्दघाट ।
पश्चिम नवलपरासीकाे बर्दघाट नगरपालिका वडा नम्बर १४ कुञ्जनपुर स्थित सरस्वती माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महाेत्सव समारोह शुक्रबार देखि मनाउन शुरू गरेकाे छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं मूल समारोह समितिका अध्यक्ष ध्रुवराज जमरकट्टेलकाे अध्यक्षता तथा संघीय युवा तथा खेलकुद माननीय मन्त्री तेजुलाल चौधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमलाई माननीय मन्त्री चाैधरीले भर्चुअल प्रविधि मार्फत उद्‍घाटन गर्नु भएको हाे ।

विद्यालयको स्वर्ण जयन्ती महाेत्सवलाई प्रमुख अतिथि माननीय मन्त्री चाैधरीले सम्बोधन गर्दै, बिद्यालयलाई आजको अवस्थामा ल्याउन थुप्रै समाजसेवीहरुको अतुलनीय योगदान रहेको बताउदै, खेलकुदका लागि पहिलो पाठशाला भनेको विद्यालय भएकोले अतिरिक्त क्रियाकलाप गर्न विद्यालयहरूमा खेलकुदका लागि आवश्यक पर्ने खेलमैदानको पनि उचित व्यवस्था हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले शिक्षा उज्यालो ज्योति भएको चर्चा गर्दै, यस क्षेत्रको शैक्षिक विकासकालाई आफूले सक्दाे सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा सम्बिधान सभा सदस्य माननीय सदस्य सिन्धु जलेसा, बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ, बर्दघाट नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सन्त बहादुर गाहा, भूमि आयोग नवलपरासी जिल्लाका अध्यक्ष लाल बहादुर गुरुङ, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, नगर शिक्षा समिति सदस्य विनोद खनाल, शिक्षक गाेबिन्द न्याैपाने लगायतले विद्यालयको स्वर्ण जयन्तीको अवसरमा शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्यहरू प्रस्तुत गरेका थिए । कार्यक्रमको पूर्वसन्ध्यामा स्थानीय विभिन्न संघ सस्था, समाजसेवी, विद्यार्थीहरुको सहभागितामा कलशयात्रा समेत निकालिएको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme