5.3 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

“सिमा बैठकले उत्पन्न गराएको गतिरोध”

- Advertisement -

नेपालको दक्षिणी मित्रराष्ट्र भारतसङको सम्बन्ध परापुर्ब काल देखी एक एतिहासिक र महत्वपूर्ण रुपमा रहदै आएको छ। सदियौंदेखि कला,सस्कृती,रिति रिवाज,धर्म र समाजकाहरेक पक्षसँग बिबिधता र समानता छ।

एक अर्अकासँगको खुल्ला सिमानाका कारण हामीले नेपाल र भारत बिचको मित्रतामा दुबै पक्षबिच सहकार्य गर्दै आइरहेका छौ । जहानिया राणा शासनको पालामा होस या निरंकुश पंचायती व्यवस्थाको विरुद्धमा गरिएका संघर्ष र आन्दोलनमा भारत सरकार र भारतिय जनताबाट नेपाल र नेपालीलाइ साथ र सहयोग निरन्तर प्नैराप्त भइरहेको छ।

२०४६ सालको जनआन्दोलनबाट बहुदलीय ब्यवस्थाको प्राप्ती पछी भने नेपालमा रहेका केही राजनीतिक दल र सङ संगठनले भारतसंगको वर्सषौं पुरानो सम्बन्धमा दरार उत्पन्न गराउने प्रयास गरिरहेको अवस्था सिर्जना भएको छ।सस्तो लोकप्रियता र महत्वाकांक्षले केही राजनीतिक दलका तल्लो कमिटीका महत्वाकांक्षी नेताहरुले आफ्नो अनुकुलको गतिविधि गरेर नेपाल र भारतबिचको सम्बन्धलाइ बिगार्न नकारात्मक प्रचारबाजिहरु गर्दै आइरहेका छ्न । बिना प्रमाण र बिना आधार आरोप र प्रत्यारोप गरेर स्थानियस्तरमा लोकप्रियता कमाउन तल्लिन यस्ता कार्यकर्ताले नेपाल र भारत बिचको सम्बन्ध साथै सास्कृतिक मुल्य र मान्यतालाई समेत धरापमा पार्न खोजिरहेका छ्न । विशेष गरेर यस किसिमका गतिविधिमा नेपालमा २०४६ पछी स्थापित भएका कम्युनिस्ट पार्टीहरु अगाडि् रहेका छ्न।

ठोस आधार र प्रमाणबिना सिमा क्षेत्रको अनुगमनको बाहानामा गरिने सभा र सम्मेलनले सम्बन्ध सुधार्ने भन्दा पनि बिगारिरहेको छ। जब नेपालमा चुनाब नजिकिदै जान्छ , कम्युनिस्ट पार्टी विशेष गरेर नेकपा(एमाले)ले भारतसंगको सिमाको विषयमा अतिरन्जित र कल्पना गरिएका विषयहरु उठाएर सस्तो लोकप्रियताको लागि चारो फाल्ने गरेको छ । यसैको उदाहरण स्वरुप नेकपा(एमाले) सन्दकपुर गाउँ पार्टी कार्यलयले इलामको सन्दकपुर गाउपालिका-५ जौबारीमा रहेको ६३(१५)नम्बर को पिल्लरमा गत मंसिर २१ गते एक बैठक सम्पन्न गर्यो ।

नेकपा(एमाले) सन्दकपुर गाउँपालिका अध्यक्ष गिरिराज खनालको अगुवाइमा भएको बैठकले नेपाल र भारतबिच रहदै आएको स्थिरता र नयाँ आयामको सम्बन्धलाई अवरोध पार्ने किसिमको आरोपहरु सहित बैठक सम्पन्न गर्‍यो । सो बैठकमा एमालेका केन्द्रिय सदस्य राम राना ,एमाले इलाम जिल्ला अध्यक्ष महेस बस्नेतको पनि उपस्थिति थियो । नेपालको दश्गज्जामा निर्माण भएका संरचनाका विषयमा हुँदै नभएका कुराहरुलाइ उचालेर जनतामा भ्रम पैदा गर्ने कुरामा एमाले इलाम जिल्ला कमिटी र एमाले सन्दकपुर गाउँपालिकाले भ्रामित र कपोकल्पित कुराहरुको प्रचार गरिरहेको छ।

भारतीय सिमा सुरक्षा बल एसएसबिले निर्माण कार्यमा आवरोध गरेको भनी नभएको विषयमा आरोप लगाउदै सिमा क्षेत्रमा बस्ने नेपाली जनतामा भारत बिरोधि भवाना बढाउने खेलमा एमाले इलाम जिल्ला कमिटी अध्यक्ष महेश बस्नेत र सन्दकपुर गाउँपालिका अध्यक्ष गिरिराज खनाल लागि परेका छ्न । भारतले पटक पटक नेपाली भुमी अतिक्रमण गरेको भनी भ्रामित कुराहरुलाई चुनाबको मुख मा उचाल्ने गरेको छ । इलामको पशुपतिनगर -२ मा रहेको टासी छाेइलिङ गुम्बा लाई मर्मत सम्भार गर्दा पनि एमालेले बिरोध गरेको छ ।

बजेटको अभावमा काम रोकिएको सन्दकपुरमा निर्माण भइरहेको भ्युटावरलाइपनि भारतिय पक्षले आवरोध गरेको भन्दै आरोप लगाइ रहेको छ । सन्दकपुर -५ कैयाकटामा निर्माण भएको यादिकी शेर्पाको घर होस या निजि क्षेत्रले बनएका घर,शौचालय ,बिद्यालय जस्ता कुराहरुमा पनि एसएसबिले आवरोध गरेको भन्दै एमाले सन्दकपुर गाउँपालिका अध्यक्ष गिरिराज खनालले जनतालाई उचाल्ने गरेको र सस्तो लोकप्रियताको लागि भ्रामित कुराहरु गर्ने गरेक छन् । एमाले इलाम अध्यक्ष महेश बस्नेतले कालापानी लिम्पियाधुरा र लिपुलेक को सन्दर्भनै नभएको कुरा निकालेर सिमा बस्ने लाखौं जनतामा भ्रम पार्ने काम गरिरहेका छ्न।

सिमा सम्बन्धि विषय सरकार र देशको नापी बिभागले निर्क्यौल गरि छुट्टाउने कुरा हो । साथै सम्बन्धित जिल्ला प्रसासन कार्यलय माफर्त यस्तो विषयमा ध्यानाकर्षण गराउनुपर्नेछ । यस्तो संबेदनशील विषयमा उत्तेजक कुरा गरि सिमा क्षेत्रमा बैठक सभा गर्नु भनेको एमालेको चुनावी नारा मात्र हुन भन्न सकिन्छ ।

यस्ता विषयहरुमा दुई देशबिच सरकारि तवरमावार्ता र संवादबाट हल गर्न सकिन्छ तर एमालेको यो अतिरन्जित गतिविधिबाट दुबै देशबिचको सम्बन्धमा समस्या उत्पन्न हुन सक्छ यता तिर एमाले कार्यकर्ताले बुज्न जरुरी छ । इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी ध्रुब खड्काले नेपाल भारत क्षेत्रमा भएको भनिएको अतिक्रमणको विषयमा आज सम्म माथिल्लो सरकरी निकायबाट कुनै पनि जानकारी नआएको र इलाम जिल्लामा सिमा जोडिएका दस गजा क्षेत्रमा कुनै ठूलो सिमा समस्या रहेको जस्तो नलागेको बताएका छन।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme