13.9 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

सूचनाको हक पारदर्शिताका लागि आवश्यकः गृहमन्त्री लेखक

- Advertisement -

काठमाण्डौं ६ जेठः गृहमन्त्री रमेश लेखकले सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको बताउनुभएको छ । उहाँले पारदर्शिता र पारदिर्शता मार्फत सुशासन कायम गर्न पनि सूचनाको हक आवश्यक रहेको धारणा राख्नुभयो ।
मंगलबार राष्ट्रिय सूचना आयोगले काठमाण्डौंमा आयोजना गरेको मन्त्रालय स्तरीय सूचना अधिकारीहरूसँग अन्तक्र्रिया कार्यक्रमलाई बोल्दै गृहमन्त्री लेखकले संविधानमा सूचनाको हकलाई मौलिक हकका रुपमा राखेको बताउनुभयो ।
“ सूचनाको हक दिने हाम्रो कर्तव्य हो । सूचना प्राप्त गर्ने नागरिकको कर्तव्य हो । सूचनाको हक भन्ने बित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने छैन ।” उहाँले भन्नुभयो–“ कतिपय सूचनाहरू गोपनीयतासँग जोडिएका हुन्छन् । ती सूचना दिन जरुरी हुदैन, शान्ति सुरक्षा र मुलुकको प्रतिरक्षासँग जोडिए सूचना हुन्छन् । वैदेशिक सम्बन्ध र कूटनीतिक सम्बन्धहरूसँग जोडिएका हुन्छन् । अब ती सूचनाहरू पारदर्शिताका नाममा, सुशासनका नाममा सारा सूचना दिई छोड्ने हो भने पनि मुलुकलाई थितिमा बसाउँदैन ।”
उहाँले मुलुकको प्रतिरक्षासँग जोडिएकाले पारदर्शिता, सुशासनको नाममा सबै सूचना दिँदा मुलुक थितिमा बस्न नसक्ने बताउनुभयो । “ संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरुरी हुन्छ, । सूचना नलुकाइकन दिन पनि आग्रह गर्दछु ।” उहाँले भन्नुभयो–“ गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी हुदैन । सूचना लुकाउनुपर्ने भए गोपनीयताको यस कारण दिन सकिएन भन्ने कुरा स्पष्ट लेखेर दिनु ।”

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme