स्थानिय तह निर्वाचनको समिक्षा तथा अगामी निर्वाचनको तयारी बिषयक अन्तरकृया

38

तौलिहवामा भर्खरै सम्पन्न भएकाे स्थानिय तहको निर्वाचन २०७९ को समिक्षा गर्नुका साथै आउँदो निर्वाचनको तयारी बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

सहभागीले निर्वाचन अयोगको स्वतन्त्रताको बिषय, निर्वाचनमा मतदाता शिक्षाको कमी, निर्वाचन अवधीमा आर्थिक दुरुपयोग, मौन अवधीलाई पनि सक्रिय अवधीको रुपमा भएको प्रयोग गरिएकाे विषयमा खुलेर चर्चा गरेका थिए ।

चुनावमा बालबालिकाहरुको दुरुपयोग, मतदान केन्द्रहरु अपाङ्ग मैत्री न भएको, अपाङ्ग, जेष्ठ नागरिक, गर्भवती महिलाहरुलाई पनि अन्य ब्यक्तिहरु सरह लाईनमा बस्ने बध्यता रहेको, पालिकाहरुद्धारा करार सेवामा राखिएका कर्मचारीहरुलाई निर्वाचन तथा मतगणना अवधीमा प्रयोग गर्दा मतदान केन्द्रहरु बिवादमा परेको, मतदान केन्द्र अपायक परेको गुनासाे गर्दै मतदानमा बिद्युतिय प्रबिधिको प्रयोग गर्दा सहज हुने लगायतका सुझाव दिएका थिए ।

आएका सुझावहरुलाई जिल्ला निर्वाचन कार्यालयका नि. कार्यलय प्रमुख तथा सुचना अधिकारी अनिता क्षेत्रीले आफुहरुले यस बिषयहरुलाई गम्भीरताका साथ लिएको र आउने निर्वाचनमा ब्यवस्थापन गर्ने प्रतिबध्यता ब्यक्त गर्नु भएको थियो । त्यसै गरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बिभिन्न ब्यक्ति तथा संस्थाहरुबाट आएका सुझावहरु तथ्यमा आधारित छन् साथै निर्वाचनको बेला मतादाताहरुलाई दिने मतदाता शिक्षा, राजनितिक दलका प्रतिनिधीहरुलाई पनि निर्वाचन अचारसंहिताको तालिमको अभाव र निर्वाचन अधिकृतहरुको कार्य शैली, समय ब्यवस्थापन र क्षमता अभिबृद्धिमा काम गर्नु पर्ने बताउनुभएको थियो ।

कार्यक्रमको संचालन संबाद समूह कपिलवस्तुका संयोजक तुलसीराम यादव, संबाद समूहले शान्ति निर्माण तथा स्थानिय सरकार सबलीकरणमा गरेका कार्यहरुको बारेमा संबाद समूह लुम्बिनी प्रदेशका सदस्य बाबुराम खनाल र स्थानिय तहको निर्वाचनको समिक्षा र अगामी निर्वाचनको तयारीको अवस्थाको बारेमा संबाद समूह लुम्बिनी प्रदेशका सदस्य रबि ठाकुरले बिषय प्रबेश गराउनु भएको थियो । कार्यक्रम संबाद समूह कपिलवस्तुको आयोजनामा भएको हो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सभा हालमा भएको कार्यक्रम निर्वाचनसंग प्रत्यक्ष सरोकार राख्ने सरोकारवाला तथा अधिकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम अचार्य, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल, तीन वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु जिल्ला निर्वाचन कार्यालयका अनिता क्षेत्री तथा निर्वाचन लाई अनुगमन गरेका संस्थाहरु माहुरीहोम, नियोक र इन्सेक लगायतका संघ संस्थाको प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा माहुरी होमका वरिष्ठ उपाध्यक्ष रामदयाल ठाकुर, नियोकका जिल्ला प्रमुख पशुपती मणी त्रिपाठी, इन्सेक प्रतिनिधी पार्बती अचार्य, लुम्बिनी अपाङ्गता बिकास केन्द्रका प्रतिनिधी शिवानन्द वर्मा लगायतले कपिलवस्तुमा भएका स्थानिय तहको निर्वाचन शान्तिपुर्ण रुपमा भएको प्रसंशा गर्दै निर्वाचन अवधिमा देखिएका समस्याहरुलाई अगामी निर्वाचनमा सुधार गर्नको लागी सम्बन्धित निकायलाई सुझावको रुपमा पेश गर्नु भएको थियो ।