16.5 C
New York
Saturday, May 18, 2024

Buy now

spot_img
spot_img

७औंं बर्दघाट औद्यौगिक व्यापार मेलाको आय–व्यय

spot_img
spot_img

सन्देश रेग्मी, बर्दघाट ।
बर्दघाट उद्योग वाणिज्य संघ पश्चिम नवलपरासी बर्दघाटले गत चैत्र २३ गते देखि बैशाख ०३ गते सम्म आयोजना गरेको ७ औं बर्दघाट कृषि पर्यटन, संस्कृति तथा औद्यौगिक व्यापार मेला २०८० मा सम्पन्न भएको आय–व्यय मंगलवार सार्वजनिक गरेको छ ।

बर्दघाट उद्योग वाणिज्य संघ पश्चिम नवलपरासी बर्दघाटका अध्यक्ष लेख नाथ न्यौपानेको अध्यक्षतामा कार्य समितिका पदाधिकारी र पत्रकारहरुको उपस्थितिमा संघको सभा कक्षमा मेलामा भएको सम्पूर्ण आय–व्यय सार्वजनिक गरेको हो ।

मेला शुरु भए देखि समापनसम्म मेलाको जम्मा आमदानी र खर्च भए संगै मेला सञ्चालनको क्रममा कमि कमजोरी भएका कुराहरु सिकाईको रुपमा लिदै आगामी दिनहरुमा मेलामा अझ राम्रो बनाउने पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा मेलामा सार्वजनिक भएको कुल आमदानी २९ लाख २३ हजार रुपैया भएको छ भने २० लाख ५८ हजार ९ सय ४१ रुपैया खर्च गरि जम्मा ८ लाख ६४ हजार ५९ रुपैया बचत गर्न सफल भएको अध्यक्ष न्यौपानेले बताउदै, मेलाबाट आमदानी भएको बचत रकमले आफ्ना व्यवसायि सदस्यहरुको लागि १ लाख रुपैया बरावरको व्यवसायिक विमाको लागि खर्च गर्ने र वाँकि रकम व्यवसायिहरुको हकको लागि स्थापना गरिएको ५ लाख रुपैयाँ वरावरको विपत कोषमा जम्मा गर्ने अध्यक्ष न्यौपाले जानकारी दिनुभयो ।

बर्दघाट नगर पालिकालाई मनोरञ्जन कर वापत रु. १ लाख ६१ हजार ४ सय रुपैयाँ संघले बुझाएको छ भने मेलामा करिव २ करोड २५ लाख रुपैया बरावरको कारोवार भएको बताईएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme