सहबान अन्सारी
नवलपरासीमा लागु औषध सहित दुई जना पक्राउ परेका छन।
सोमवार रामग्राम नगरपालिका वडा नं. ६ पोखरापाली स्थितमा शंकास्पद रुपमा हिडिरहेका रामग्राम
नगरपालिका वडा नं. ६ पोखरापाली बस्ने बर्ष ३८ को रबिन्द्र बनियालाई शंका लागी चेकजाँच गर्ने क्रममा साथमा प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको २/२ एम.एल. को नुफिन ३९ एम्पुल, फेनारगन ३९ एम्पुल र डाईजापाम ३९ एम्पुल गरी जम्मा ११७ एम्पुल लागुऔषध जिल्ला प्रहरी कार्यलयबाट खटिएको गस्तीटोलीले नियन्त्रणमा लिएको हो।
लागु औषध सहित नियन्त्रणमा लिईएको र प्रारम्भिक अनुसन्धानका क्रममा सोही स्थान बस्ने बर्ष ४२ को ईन्द्रकमल केवट समेत लागुऔषध कारोवारमा संलग्न रहेको बुझिएकोले तत्काल केवटको घर खानतलासी गर्दा निजको कोठामा खैरो हिरोईन ४.५०० ग्राम, स्पास्मो ( यस पी यम+ लेखेको) ५७२ क्याप्सुल र १०० एम.एल.को ६ बोतल रेक्सटास लेखेको लागुऔषध फेला परेकोले फेला परेको लागु औषध सहित केवट समेतलाई तत्काल नियन्त्रणमा लिईएको र निजहरु दुबै जना बिरुद्ध औषध मुद्धामा मुद्धा दर्ता गरी सम्मानित नवलपरासी जिल्ला अदालतबाट म्याद लिई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।















