जप्रपा की केन्द्रिय सदस्य गिरिजा देवी कांग्रेसमा प्रवेश

277

जनता प्रगतिशील पार्टी की केन्द्रिय सदस्य गिरिजा देवी हरिजन आफ्ना कार्यकर्ता सहित आइतवार नेपाली कांग्रेसमा प्रवेश गर्नुभएकाे छ ।

जप्रपा परित्याग गर्दै हरिजन नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्नु भएकाे हाे । स्थानीय निर्वाचनकाे मुखैमा आएर पार्टी परित्याग गर्नु र नेपाली कांग्रेसमा प्रवेश गर्नुलाइ यस क्षेत्रमा महत्वका साथ हेरिएकाे छ । दलका संयाेजक हृदयेश त्रिपाठीकाे घर रहेकाे गाउंपालिका प्रतापपुरमा कार्यकर्ता चुनावकाे बेला जनता प्रगतिशील पार्टी परित्याग गरि अन्यत्र जानुलाइ त्रिपाठीकाे जनमत कमजाेर हुदै गएकाे भनेर विश्लेषण गरिन थालिएकाे छ ।

पार्टी प्रवेशकाे साे अवसरमा नेपाली कांग्रेसले एक समाराेहकाे आयाेजना गरि विशेष स्वागतका साथ हरिजनलाइ पार्टी प्रवेश गराइएकाे हाे ।

नवलपरासीकाे प्रतापपुर गाउंपालिका नेपाली कांग्रेसकाे सम्पर्क कार्यालयमा भएकाे पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम संविधान सभा सदस्य देवकरन प्रसाद कलवारले टिका लगाइ हरिजनलाइ पार्टि प्रवेश गराउनु भएकाे थियाे ।

साे अवसरमा नेपाली कांग्रेसका उम्मेदवार प्रतापपुर गाउंपालिका अध्यक्ष पदका उम्मेदवार उमेशचन्द यादवले नव प्रवेशी हरिजनलाइ स्वागत गर्नुभएकाे थियाे ।

पार्टी प्रवेश पश्चात आफ्ना विचार राख्दै जनता प्रगतिशील पार्टीका केन्द्रिय सदस्य समेत रहनु भएका गिरिजा देवी हरिजनले दलका संयाेजक रहनुभएका हृदयेश त्रिपाठिले दलमा आफ्नाे मनाेमानी गर्ने र कार्यकर्ता समेत राय सल्लाह नमान्ने गरेका कारण अपमान सहेर दलमा रहन नसकेपछि आफु दल परित्याग गरेकाे बताउनु भयाे । उनी आफुसंगै १०० भन्दा बढी कार्यकर्ता लिएर नेपाली कांग्रेस प्रवेश गर्नुभएकाे खुलासा गर्नुभयाे । हरिजनले अगाडि भन्नुभयाे, त्रिपाठीले कार्यकर्ताकाे विचार नसुन्ने र आसेपासेलाइ मात्र स्थानीय निर्वाचनकाे टिकट दिन थालेपछि आफुहरू अपमान सहन गरि बस्न नसकेपछि दल परित्याग गरी कांग्रेसमा प्रवेश लिएकाे बताइन ।