जातीय अभिव्यक्ति दिने वडा अध्यक्ष विरुद्ध दलित समुदायले गरे नारा जुलुस

163

दिलमाया विकलाई पार्वती चापागाईँले सालको पात टपरी दलितले छुँदा छोइने भन्दै आफूमाथि जातीय विभेद भयो भनी प्रहरीमा उजुरी गरेपछि जातीय विभेद बारेमा दुई पक्षीय छलफल भएको थियो ।

उक्त विषयलाई लिएर विनयी त्रिवेणी गाउँपालिका वडा न २ कि वडा अध्यक्ष पुष्पा आलेले सार्वजनिक रूपमै परम्परा देखि चली आएको संस्कार मान्ने, सानो जातको सानै बुद्धि भन्दै आरक्षण कोटा किन दिएको दलितलाई भन्दै जातीय अभिव्यक्ति दिएकी थिइन् ।

उक्त अभिव्यक्तिले जातीय विभेदकारी र सिङ्गो समुदायको आत्मसम्मानमा चोट पुगेको भन्दै विनयी त्रिवेणी गाउँपालिकाका दलितहरूले नारा जुलुस सहिद कोणसभा गरी वडा अध्यक्षलाई स्पष्टीकरण समेत मागेका छन् ।

जातीय विभेद अन्त्य गर, जातीय विभेदको पीडितलाई न्याय दे । वडा अध्यक्ष पुष्पा आलेले दिएको अभिव्यक्ति मुर्दाबाद ! भन्दै नारा जुलुस गरेका थिए। समता सामुदायिक मिलन समाज दुम्किबासको आयोजनामा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा समाजका अध्यक्ष दल बहादुर विकले भर्खर नवनिर्वाचित अध्यक्षले यसरी सिङ्गो दलित समुदायलाई यसरी अभिव्यक्ति दिनु गलत भएको र उहाँ जित्नुमा पनि दलित समुदाय कै भोटले हो भन्दै सिङ्गो दलित समुदायको आपत्ति रहेको बताए ।

जातीय समता समाज गण्डकी प्रदेश इन्चार्ज रन बहादुर रिजाल, सामाजिक अभियान्ता देब परियार, निशा सुन्दरले आम माफी माग्नु पर्ने बताएका थिए ।