परासीमा गहना पसलमा आगलागी

132

नवलपरासी । नवलपरासीकाे रामग्राम नगरपालिका ३ स्थित लाेकतान्त्रिक चाेक परासीमा रहेकाे ओमसाई ग्यारेन्टी गहना एण्ड फैन्सी स्टाेर्समा आगलागी हुंदा पसलमा क्षति पुगेकाे छ ।

विद्युत सट हुन गइ भएकाे आगलागीका कारण करिब २० लाखकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।

समाजसेवी नगेन्द्र अग्रहरीकाे घरमा रहेकाे विष्णु अग्रहरीकाे गहना पसल तथा घरकाे अन्य काेठा तथा काेठामा रहेका सामान समेत क्षतिग्रष्त भएकाे बताइएकाे छ ।

आगलागी गए राती करिब ११ बजेकाे समयमा भएकाे हाे ।