13.6 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

शिवमहापुराण ज्ञानमहायज्ञ भुताहामा सञ्चालन

- Advertisement -

पप्पु रेग्मी, बर्दघाट, ५  फागुन  ।
पश्चिम नवलपरासीको बर्दघाट नगर पालिका वडा नम्बर ९ भुताहामा रहेको कैलाश कुट शिव मन्दिर समितिको आयोजनामा शिव महापुराण ज्ञान महायज्ञ आईतवार देखि संचालन भएको छ  ।
कैलाश कुट शिव मन्दिरकाे शिव महापुराण ज्ञान महायज्ञ मनाउने तयारी अन्तिम चरणमा पुगेको शनिवार पत्रकार सम्मेलनकाे आयोजना गरि कार्यक्रममा महायज्ञ अवधिभर हरेक दिन बिहान पूजा, आराधना, शिव पुराण पाठ, हवन एवं अभिषेक, कथा प्रवचन, साँझमा महाआरती तथा प्रसाद वितरण र भजन-कीर्तन गरिने महायज्ञ मूल समारोह समितिका संयाेजक चन्द्रकान्त चापागाईले बताउनुभयाे ।
महायज्ञ यही पाैष ४ गतेदेखि पाैष १४ गते सम्म कथा वाचन संचालन गरिने तय गरिएको मूल आयाेजक समितिका सह – संयाेजक दिपक थापा क्षेत्रीले बताउनुभयो ।
कैलासकोट शिव मन्दिर बर्दघाट-९ भुताहाको मंदिर पुनर्निर्माण तथा जग्गा खरिद गरी धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञकाे आयोजना गरिएको महायज्ञका सूचना तथा संचार उपसिमतिका संयाेजक प्रकाश न्याैपानेले जानकारी दिनुभयो।
  शिव महापुराण ज्ञान महायज्ञ कार्यक्रममा भागवत अल‌ङ्कार पं. नेत्र प्रसाद नरोत्तम शरणकाे मुखार विन्दुबाट कथा वाचन भएको छ ।  यज्ञमा पं. डा. हरि प्रसाद घिमिरे उपवाचककाे रूपमा कथा वाचन गर्नु भएको महायज्ञकाे उद्घघाटन सन्त शिरोमणी श्री १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराजले गर्नु भएको थियो ।
महायज्ञकाे पहिलो दिन विभिन्न, क्लव, संघ संस्था, स्थानीय समाजसेवी, बुध्दिजिवि, आमा समूह, पत्रकार सुरक्षाकर्मी  लगाएतकाे उल्लेखनीय उपस्थितिमा झाकि, विभिन्न भेष भुषा, कला, संस्कृति झल्कने पहिरनमा झाकि, नृत्य सहित भुताहाकाे विभिन्न स्थानमा शाेभा कलश यात्राले परिक्रमा गरेको पत्रकार वि.पि.ढकालले बताउनुभयो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme