10.1 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

चिनियाँ निर्माण कम्पनीकाे लापरवाही र अविरल वर्षाले दाउन्ने सडक खण्डमा यात्रुहरू अस्तव्यस्त

- Advertisement -
चिनियाँ निर्माण कम्पनीलाइ थपिएकाे म्यादभित्र पनि सडक निर्माण कार्य सम्पन्न हुने सम्भावना कमजाेर

बृजराज कुशवाहा, दाउन्ने, नवलपरासी — साेमबार रातदेखि लगातार भएकाे अविरल वर्षा र त्यसपछिकाे पहिराेका कारण नवलपरासी पश्चिमस्थित दाउन्ने पहाड खण्डमा महेन्द्र राजमार्गकाे यातायात व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त बनेकाे छ। पहिराेले राजमार्गकाे ठूलाे भाग पुरिएकाे र बाटाे एकतर्फी मात्रै सञ्चालन गर्न सकिने अवस्थाले गाडीहरूकाे लामो जाम सिर्जना भएकाे छ।

दाउन्ने खण्डमा अहिले सवारी सञ्चालन गर्न अत्यन्तै कठिन भएको छ। सामान्यतया १४ कि.मी. दूरी पार गर्न ४५ मिनेटसम्म लाग्ने यस खण्डमा अहिले ७ घण्टा सम्म लाग्ने अवस्था छ। यसले यात्रुहरूलाई शारीरिक मात्र होइन, मानसिक रूपमै ठूलो पीडा पुर्‍याइरहेकाे छ। कैयौं सवारी साधनहरू रातभरि जाममै अलपत्र परेका छन्।

२०७५ सालमै बुटवल–नारायणगढ सडक विस्तारका लागि ठेक्का लिएकाे चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन (CSCEC) ले यद्यपि काम थाले पनि निर्माण कार्यमा देखिएकाे ढिलासुस्ती र बेवास्ताका कारण अहिले यात्रुहरूजस्ता सर्वसाधारण अत्यन्तै समस्यामा परेका छन्। ११५ कि.मी. लम्बाइकाे यस परियोजना अन्तर्गतको अधिकांश भागमा अझैसम्म अपेक्षित प्रगति देखिएको छैन।

स्थानीय बासिन्दा, सवारी चालक र यात्रुहरूका अनुसार, निर्माण कम्पनीले पहाड काट्ने, पानीकाे उचित निकास व्यवस्था गर्ने र सडकलाई सुरक्षित बनाउनेतर्फ पर्याप्त ध्यान नदिएको स्पष्ट देखिन्छ। जसकाे परिणामस्वरूप वर्षाकाे समयमा सानाे पानी परे पनि पहिराे खस्ने, बाटाे चिप्लाे हुने र सवारी जोखिममा पर्नेजस्ता घटना नियमित भइसकेका छन्। स्थानीय प्रशासनले पनि पटक-पटक निर्माण कम्पनीलाई सचेत गराए पनि सुधार नआएकाे गुनासो सुन्न सकिन्छ।

निर्माण कार्यमा गम्भीर लापरवाही देखिएका कारण अहिले हजारौं यात्रुहरू जाममा अल्झन बाध्य छन्। नबालकदेखि वृद्धसम्म, बिरामीदेखि महिला यात्रुहरू समेतकाे अवस्था दयनीय बनेकाे छ। “हामी बिहानै बुटवलबाट चढेका थियौं, तर दिउँसोसम्म पनि दाउन्ने पार गर्न सकेका छैनौं,” नवलपरासी गाेपीगञ्जका रबि पाैडेलले गुनासाे गरे।

स्थानीय सामाजिक अभियन्ता र पत्रकारहरूले पनि निर्माण कम्पनीकाे जवाफदेहीतामा प्रश्न उठाएका छन्। “विदेशी कम्पनीलाई ठेक्का दिनु राम्रो कुरा हो तर सरकारले अनुगमन गर्न सकेन भने यसले नागरिकलाई गम्भीर असर पार्छ,” एक पत्रकारले भने।

यसबीच, यातायात व्यवस्था विभाग, सडक विभाग र स्थानीय प्रशासनले यथाशिघ्र समन्वय गरेर पहिराे पन्छाउने र बाटाे खुलाउने प्रयास थालेकाे जनाएका छन्। तर यो कार्य तत्काल पूरा नभएसम्म समस्या अझ भयावह बन्न सक्ने देखिन्छ।

स्थानीय बासिन्दा र नागरिक समाजले सरकार र सराेकारवाला निकायहरूप्रति माग गरेका छन् — ठेकेदार कम्पनीकाे कामको निगरानी गर्न, ढिलासुस्तीकाे कारण सार्वजनिक गर्न र यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्न। किनभने सडक मात्र विकासकाे प्रतीक होइन, जनताको जीवन र अस्तित्वसँग सिधा जोडिएकाे विषय पनि हो।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme