11.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनरागमनप्रति अधिवक्ता झाको समर्थन: ‘संविधानले रोक्दैन’

- Advertisement -

वृजराज कुशवाहा।

काठमाडौं, — नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हो जहाँ नागरिकलाई स्वतन्त्रपूर्वक राजनीतिक क्रियाकलापमा संलग्न हुन पाउने संवैधानिक अधिकार प्राप्त छ। संविधानको धारा १७ अन्तर्गतको यही अधिकार पूर्वराष्ट्रपतिहरूलाई समेत प्राप्त हुने स्पष्ट मत अधिवक्ता दिपेन्द्र झाले व्यक्त गरेका छन्।

हालै सार्वजनिक एक टिप्पणीमा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनरागमनप्रति समर्थन जनाउँदै भने, “संविधानले रोक्दैन, रोक्न मिल्दैन।” उनका अनुसार संसदीय प्रणाली भएका मुलुकहरूमा राष्ट्रपतिको भूमिका आलंकारीक हुने हुँदा कार्यकारी भूमिकामा फर्किन संविधानको कुनै प्रत्यक्ष निषेध छैन।

उनले उदाहरणस्वरूप भारत, इजरायल, र नेपाल जस्ता देशको उल्लेख गर्दै भने, “यी मुलुकहरूमा सेरेमोनियल राष्ट्रपति रहिसकेका व्यक्तिहरू फेरि कार्यकारी भूमिकामा फर्किएको इतिहास छ।” झाले इजरायली नेतृ सायमन पेरेसको उदाहरण दिँदै भने, “१९८४ देखि १९९६ सम्म प्रधानमन्त्री रहेका पेरेस २००७ देखि २०१४ सम्म राष्ट्रपति भए। त्यसले पनि देखाउँछ कि यस्तो परिपाटी अस्वाभाविक होइन।”

उनले श्रीलंकाका पूर्व राष्ट्रपति महेन्द्रा राजपक्षेको समेत उदाहरण दिँदै भने, “श्रीलंकामा २०१५ पछि उनी प्रधानमन्त्री बने, पछि मात्रै त्यहाँको संविधानले रोक लगायो।” त्यस्तै, रुसमा भ्लादिमिर पुटिनको राष्ट्रपतित्व र प्रधानमन्त्रीत्वको अदलाबदल कार्यकाललाई समेत उनले सन्दर्भस्वरूप प्रस्तुत गरे।

झाका अनुसार, पूर्ण कार्यकारी राष्ट्रपतीय प्रणालीजस्तै अमेरिका र ब्राजिलमा भने राष्ट्रपतिले फेरि प्रधानमन्त्री बन्न पाउँदैनन्, तर मिश्रित वा संसदीय प्रणाली भएका मुलुकमा यस्तो कुनै संवैधानिक बन्धन हुँदैन।

उनले भने, “पूर्व राष्ट्रपति डा. रामवरण यादव वा हालका राष्ट्रपति रामचन्द्र पौडेलज्यूको सक्रिय राजनीतिमा फर्किन नसक्नु स्वास्थ्य, उमेर वा दलको संरचनाको विषय हुन सक्छ, तर पूर्व राष्ट्रपति भण्डारीको सन्दर्भमा यो लागू हुँदैन।”

उनले निष्कर्षमा भने, “संविधानले निषेध नगरेको विषयमा कुनै अन्य कानुनी व्याख्या वा प्रवृत्तिले रोक लगाउन मिल्दैन। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्यूले देश निर्माणको नयाँ अठोट गर्नुभएको भए, त्यसलाई जनताले स्वीकार्ने अधिकार राख्छन्।”
अधिवक्ता झाले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक आकांक्षाको समर्थन गर्दै आगामी यात्राका लागि शुभकामना समेत व्यक्त गरेका छन्।

अधिवक्ता दिपेन्द्र झा काे फेशबुक पाेष्टमा आधारित।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme