16.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुन: छलफल

- Advertisement -

२७ भदौ, काठमाडौं ।
देशमा अन्तरिम सरकार गठनको तयारीसँग सम्बन्धित छलफल शुक्रबार बिहान ९ बजेदेखि पुनः सुरु हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिनभर र रातभर नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुसँग विस्तृत परामर्श गरेका थिए। तर संसद् विघटन गर्ने कि नगर्ने भन्ने संवेदनशील विषयमा सहमति नजुटेकाले निष्कर्षमा पुग्न सकिएको थिएन।

स्रोतका अनुसार, अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्षका रुपमा सुशीला कार्कीलाई अघि बढाउने विषयमा भने सर्वसम्मति बनेको छ। तर संसद् विघटन गर्ने प्रश्नमा जेनजी युवाहरू अडानमा रहेकाले छलफल टुंगोमा पुग्न सकेको छैन। संविधानअनुसार प्रधानमन्त्री हुन संसद् सदस्य हुनुपर्ने प्रावधान भएकाले राष्ट्रपति पौडेलले वैकल्पिक उपायबारे विज्ञहरुसँग राय मागेका छन्।

छलफलमा जेनजी समूहतर्फबाट अधिवक्ता ओमप्रकाश अर्याल पनि सहभागी भएका थिए। अर्याल काठमाडौं महानगरका मेयर बालेन शाहका कानुनी सल्लाहकार समेत हुन्।

यसअघि राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका शीर्ष नेतासँग परामर्श गरेका थिए भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि शीतल निवासमै भेटवार्ता गरेका थिए। कांग्रेस र माओवादी दुवै पक्षले पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन सकिनेमा सकारात्मक रहेको स्रोतले जानकारी दिएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme