16.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

शान्ति र सद्भाव र्‍याली निकालियाे

- Advertisement -

भैरहवा, २७ भदौ ।
देशभर बढ्दो अस्थिरता र जेनजी आन्दोलनपछिको अवस्थालाई ध्यानमा राख्दै भैरहवामा शान्ति र सद्भाव कायम गर्न एक भव्य र्‍याली सम्पन्न गरिएको छ।

लुम्बिनी प्रेस क्लबको संयोजन र भैरहवास्थित विभिन्न संघसंस्थाहरूको सहभागितामा आयोजित र्‍याली बेलहिया–नेपाल–भारत सीमा क्षेत्रबाट सुरु भई बुद्धचोकमा पुगेर सम्पन्न भएको हो। कार्यक्रममा सहभागी वक्ताहरूले देशको स्थायित्व, विकास र समृद्धिका लागि शान्ति र सद्भाव अनिवार्य भएको भन्दै सबैलाई मिलेर अघि बढ्न आह्वान गरे।

जेनजी पुस्ताका सागर ज्ञवालीले आन्दोलनको मूल उद्देश्य भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु भएको बताउँदै, हाल आन्दोलनमा बाह्य घुसपैठका कारण केही अस्थिर अवस्था सिर्जना भएको जिकिर गरे। उनले अब तोडफोड होइन, शान्तिपूर्ण तरिकाले नयाँ नेपाल निर्माणमा लाग्नुपर्नेमा जोड दिए।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले युवा पुस्ताले उठाएका मागलाई जायज भन्दै तर त्यसले सिर्जना गरेका नकारात्मक घटनाले देशलाई संकटमा पुर्‍याएको बताए। उनले शान्ति र सद्भावकै माध्यमबाट समाधान खोजिनुपर्नेमा जोड दिए।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमला रायमाझीले शान्ति बिना विकास र समृद्धि असम्भव भएको उल्लेख गर्दै, जेनजी आन्दोलनका मागलाई वार्ता र संवादमार्फत सम्बोधन गर्नुपर्ने धारणा राखे।

र्‍यालीमा लुम्बिनी प्रेस क्लब, उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देही, चेम्बर अफ कमर्श रुपन्देही, सिद्धार्थ सञ्जाल, सिद्धार्थ सार्वजनिक यातायात प्राली, नेपाल भन्सार एजेण्ट सङ्घ रुपन्देही, सिद्धार्थ होटल सङ्घ, भैरहवा मर्निङ वाक ग्रुप, होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देही, पश्चिमाञ्चल यातायात प्रालीलगायत संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme