18.5 C
New York
Saturday, May 23, 2026

Buy now

spot_img
spot_img

स्थानीयकाे अवराेधपछि धमाधम निर्माण कार्य

- Advertisement -

नवलपरासी । प्रतापपुर गाउँपालिकामा सडक ठेकेदारको लापरवाहीका कारण धुलोले हैरान भएका स्थानीयवासीले बेलाटारी–गोपीगञ्ज सडक खण्ड अवरुद्ध गरेका छन्।

सडक निर्माणमा ढिलासुस्ती र धुलो नियन्त्रणमा बेवास्ता गरिएको भन्दै स्थानीयले करिब ३ घण्टासम्म यातायात ठप्प पारेका थिए। अवरोधका कारण उक्त सडक खण्डमा सवारीसाधन सञ्चालन प्रभावित भएको थियो।

स्थानीयवासीले सडकमा नियमित पानी छर्किन, ग्रेभेल हाल्न तथा निर्माण कार्य व्यवस्थित गर्न माग गरेका थिए। स्थानीयको दबाबपछि ठेकेदार कम्पनीले धुलो उडिरहेको सडकमा तत्काल ग्रेभेल खसाल्ने, ग्रेडर लगाएर सडक सम्याउने तथा पानी हाल्ने काम सुरु गरेको थियो।

स्थानीयका अनुसार अवरोध सुरु हुनासाथ ठेकेदार पक्ष सक्रिय बन्दै ग्रेभेल बोकेका हाइवा, ग्रेडर र पानी ट्यांकर परिचालन गरी धमाधम काम अघि बढाएको थियो। काममा एकाएक प्रगति देखिएपछि प्रहरीसमेत चकित बनेको स्थानीयवासीले बताएका छन्। त्यसपछि स्थानीयले सडक अवरोध हटाएका थिए।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme