9.5 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

नेकपाका ६० भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

 उमेश बि.क, २४ असाेज
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं.७ मा नेकपाका ६० भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेमा पुर्व माअाेबादी वडा कमान्डर सहित ६० जना रहेका छन् ।
कांग्रेस प्रवेश गरेका नेता–कार्यकर्ताले तीनै तहमा नेकपाको सरकार भए पनि नेताहरु जनताको पक्षमा भन्दा आफ्नो व्यक्तिगत फाइदाका लागि मात्रै काम गरेकाले आफूले पार्टी छाडेको बताएका छन् ।
आज आयोजित वडा स्तरीय कार्यकर्ता भेला कार्यक्रमका बिच उनिहरु नेपाली काङ्ग्रेसमा प्रवेशस गरेका हुन । नेपाली काङ्ग्रेस सरावल गा.पा वडा नं. ७ का सभापति सन्जय कुमार मिश्राकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलकाे प्रमुख अातिथ्यता तथा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सभापति बिष्णु पाैडेलकाे बिशिस्ट अातिथ्यतामा भएको कार्यक्रममा नब प्रबेसीहरुलाइ साधारण सदस्यता बितराण गर्दै खादा आबिरले सम्मान गरेर पार्टी प्रबेस गराएका हुन ।
कार्यक्रममा सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य कण्डेलले अहिलेको सरकार महामारीको बेलामा पनि देसको ढुकुटी लुट्ने कार्यमा ब्यस्त रहेको जनाताको जीवनस्थर सुधार गर्न कदम नचालेको आरोप लगाए, भ्रस्टाचार द्वन्दहिनता, जस्ता कार्यहरु यो सरकारको पालामा बडेर गएको उनले बताए उनले थपे बिपि कोइरालाको पाला देखि नै काङ्ग्रेस समाबेसी रहेको आदिबासी जनजाती,मधेसी ,दलित ,मुस्लिमको निम्ति सम्मान गर्ने पार्टी नेपाली काङ्ग्रेसनै भएको बताए ।
नेपाली काङ्ग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने अवसरहरुलाई समान रुपमा वितरण गर्ने नया पुरानो नभनी भेदभाब नगरिने उनले बताए। सरावल गाउँपालिका वडा नं. ५ देखि ७ सम्म र पाल्हिनन्दन १ र केही वडामा डुबान समस्या रहेको हुनाले केन्द्रीय स्तरबाट अाफु पहल गरेको बताउदै नेपाली काङ्ग्रेसमा आबद्ध सबैले आफ्नो समस्यामा र समाजका समस्यामा हातेमालो गरेर अघी बड्न सुझाब दिदै आफू सधै कार्यकर्ताहरु संग सहकार्य गरेर अघी बड्ने बताए ।
नवलपरासी पश्चिममा पछिल्लो समय नेकपा छाडेर कांग्रेस प्रवेश गर्ने लहर चलेको बताइन्छ । पछिल्लो एक महिनामा नवलपरासीकाे विभिन्न ठाउँमा एक हजारभन्दा बढी नेकपाका कार्यकर्ता काङ्ग्रेस पार्टीमा प्रवेश गरेको जिल्ला सभापति बिष्णु पाैडेलकाे दाबी छ ।
वडा स्तरीय कार्यकर्ता भेला कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय संगठन बिभाग सदस्य माेहन प्रसाद शर्मा, केन्द्रीय शिक्षा विभाग सदस्य राधेश्याम पाठक, जिल्ला सचिव गजानन्द पटेल, महासमिति सदस्य राधेश्याम चाैधरी, महासमिति सदस्य अनिल कुमार गाैड, नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि उत्तमा राय, जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, प्रदेशसभा सदस्य बैजनाथ जैसवाल, नेपाली काङ्ग्रेस सरावल गाउँपालिका कार्यसमिति सभापति बिनाेद कुमार पाण्डेय लगाएतकाे वक्ताहरुले प्रदेश र संघीय सरकार भ्रष्टाचार लिप्त भएको दाबी गर्दै देशमा भ्रष्टाचार रोकथाम गर्न तथा समृद्ध नेपाल निर्माण गर्न नेपाली काङ्ग्रेस बाहेक अर्को विकल्प नभएकोले काङ्ग्रेस प्रति लहर जागेको दाबी गरे ।
spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme