पत्रकार लक्ष्मण बिसिमाथि, बलराम राईमाझीको टोलीले अर्घाखाँचीमा संघातिक आक्रमण

34

अर्घाखाँची जिल्लामा पत्रकार लक्ष्मण विसीमाथि साँघातिक आक्रमण भएको छ ।

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका वडा नम्वर ९ को बजेट विनियोजन कार्यक्रम रहेको हुँदा तपाई जहाँ भएपनि छिटो आउन पत्रकार विसीलाई खवर गरियो ।

पत्रकार विसी वडा नम्वर ९ तर्फ जानेक्रममै उनीमाथि साँघातिक आक्रमण भएको हो । पत्रकार बिसिलाई कार्यक्रमको बहानामा फोन गरेर बोलाउने बलराम राईमाझीको समुहले बिहान ११ः२० बजे बिचबाटोमा आक्रमण गरेको बताइएको छ । बिसिमाथि आक्रमण गर्ने उक्त समुहले मोबाइल, क्यामेरा र माईक कब्जा गरेर फरार भएका छन् ।

पत्रकार बिसिको अबस्था बुझ्न नवलपुर टुडेका पाल्पा संबाददाताले अर्घाखाँची प्रहरी कार्यालयमा फोन सम्पर्क गर्दा बिसिलाई सुरक्षीत साथ सन्धिखर्क –९ अर्घा प्रहरी चौकीमा राखेको जानकारी दिएको छ । आक्रमणकारी बलराम राईमाझी समुहको प्रहरीले खोजी कार्य जारी रहेको जनाइएको छ ।