नवलपरासी ४ भदाै ।
२ वर्षकाे समय, २० जना कारीगर र मजदुर तथा १ हजार ३ सय बांसकाे प्रयाेग गरि १६ लाखकाे लागतमा विशाल ताजिया तयार गरिएकाे छ । मुस्लिम समुदायले यस्तै ताजियाकाे मेला राखेर देशभर माेहर्रम पर्व मनाउदै छ ।
वर्षमा एक पटक मनाइने यस पर्वकाे तयारी १० दिन अगावै देखि व्रतका साथ थालनी गरी धुमधामका साथ मनाउने चलन चली अाएकाे छ । यस अवसरमा मुस्लिम धर्मावलम्बीहरूले हुसेनकाे प्रतिककाे रूपमा ताजियाकाे निर्माण गरी मुहर्रम मान्ने चलन चलेकाे मुस्लिम धर्म गुरूहरूकाे भनाइ छ । धर्मगुरू विस्मिल्ला माैलाना भन्नुहुन्छ, हिन्दु मुस्लिम सबैले एकैसाथ बनाउने गरिएकाे पर्व हाे ।
मुस्लिम धर्म भित्र एक अर्काका बागी बनेर भएकाे लडाइबाट इस्लाम धर्म जाेगिएकाे भनाइ छ । १० दिनसम्म ब्रत बस्ने, ताजिया बनाउने र प्रार्थना गर्ने चलन घरघरै हुन सक्छ । खासगरी भाकल गरेकाहरू मनाेकामना पुरा हुने अाशामा वा पुरा भएकाे मान्यताका साथ भाकल अनुसार ताजिया बनाउने र कर्बला पुर्याउने चलन छ । प्रतापपुर गाउंपालिकाकाे वडा नं. ६ हरपुरमा ताजिया निर्माणका मुख्य कारीगरकाे भूमिकामा रहनु भएका शाकिर अन्सारी भन्नुहुन्छ सीताकाे बागी बनेर रावणले धर्म रक्षाकाे काम गरेका हुन् । त्यस्तै मुस्लिम धर्ममा पनि भएकाे हाे ।
८५ फीट उंचाइमा बनेकाे हरपुरकाे ताजिया काेराेनाका कारण एकवर्षमा तयार हुन नपाएपछि दाेश्राे वर्षमा मात्र तयारी अवस्थामा पुगेर सम्पन्न भएकाे छ । ताजिया निर्माणका सहयाेगी कारीगर एवम स्थानीय अायाेजक म. उर्फान मियां भन्नुहुन्छ, २ वर्षकाे समय, २० जना कारीगर मजदुर तथा १ हजार ३ सय बांसकाे प्रयाेग गरि याे १६ लाखकाे लागतमा याे विशाल ताजिया तयार भएकाे हाे ।
यस कामलाइ एउटा गाउंटाेल वा समुदायका मानिसहरू मिलेर सामुदायिक रूपमा पनि ताजिया बनाउने चलन पनि छ । यसै सामुदायिक अभ्यासकाे रूपमा प्रतापपुर गाउंपालिकाकाे हरपुरमा बनाइएकाे ताजिया निर्माणका लागि सहयाेग जुटाउने तथा सबै चाजाेपाजाे मिलाउने जिम्मेवारी सम्हाल्नु भएका बिशाल ताजिया समितिका अध्यक्ष रफ्फा मियां गाउंका अामजनताकाे चाहना मुताबिक मैले अध्यक्ष पदकाे जिम्मेवारी निर्वाह गरेकाे हाे, जबकी काम सबै युवा जमातले गरेकाे हाे ।
नवलपरासीमा प्रतापपुरका साथै सुस्ता, सरावल र पाल्हीनन्दन गाउंपालिकामा धेरै स्थानमा ताजिया बनाइएपनि प्रतापपुरकाे हरपुर र पाल्हीनन्दन गाउंपालिकाकाे विष्णुपुरामा बिशाल ताजिया बनेका छन् । यस स्थानहरूमा विभिन्न प्रताियाेगिताहरू समेत सञ्चालन गरिएका छन् । थकरी नाच, लाठी चैलेन्ज, भाला खेलका साथै अन्य खेल तथा प्रतिस्पर्धा गराउने र पुरस्कार दिने गरिएकाे छ । यसमा तालिम प्राप्त मुस्लिमहरू खेलाडीहरू भाग लिने गरेकाे पाइन्छ । एक हप्तासम्म रमाइलाे भइरहने छ ।
विस्तृत जानकारीका साथ हेर्नुहाेस् भिडियाे,
मुस्लिमका साथै हिन्दु समेतले पनि ताजिया बनाउने र भाकल गर्ने चलन छ । यस अवसरमा मुस्लिम धर्मावलम्बीहरूमा हाम्राे पनि शुभकामना ।





