दुइ देशका सुरक्षाकर्मी र स्थानीयबीच रक्षाबन्धन, भिडियाे सहित …..

40
नवलपरासी ।
याे दृश्य कुनै एउटा घरकाे हाेइन, न त याे कुनै एउटा देशकाे हाे ।
दुइ देशलाइ भाैगाेलिक सीमानाले अन्तर छुट्याएकाे हुन्छ तर दुबै देशका मानिस मानिसबीच कुनै सीमाना हुदैन ।
भनिन्छ, मन मुटु जाेडिएकाे छ भने संसारकाे कुनै कुनामा बसेका मानिस पनि अाफ्ना हुन्छन् । यसलाइ कुनै सीमानाले राेक्न वा छेक्न सक्दैन ।
यहाँ यस्तै भएकाे छ ।
नेपाल भारत बीचकाे सीमानामा ड्युटीका लागि खटिएका दुबै देशका सुरक्षाकर्मीहरू एक अापसमा रक्षाबन्धन पर्व खुशियालीका साथ मनाएका छन् । यसमा स्थानीयवासी पनि सहभागी भए । सीमा वारिपारी बस्नेका बीच पनि कतिसम्मकाे आपसी व्यवहार, सदभाव र आत्मियता हुन्छ भन्ने कुरा यस सदभावपुर्ण पर्वले उजागर मात्र गरेकाे छैन । जाे सुकैलाइ एक पटक साेच्न बाध्य बनाएकाे छ ।
एक देश र अर्काे देशकाे बिच एक भाैगाेलिक सिमाना हुन्छ तर समाजिक रूपले नङमासु जस्तै गांसिएकाे हाम्राे समाजकाे एक आपसी सम्बन्धकाे बीचमा कुनै सीमाना छैन ।
मानिस आफ्ना स्वार्थका लागि एक आपसमा बैर भाव राख्ने, एक आपसमा मतभेद सिर्जना गर्ने र आफ्नाे स्वार्थका लागि एक अर्काकाे खुट्टा तान्ने व्यवहार समाजमा व्याप्त रहेकाे बताइन्छ तर सदभावले भरीएकाे यस प्रकारकाे व्यवहार बिरलै देख्न पाइन्छ । यहां देखिएकाे यसै व्यवहारले धेरैकाे मन छाेएकाे छ ।
भर्खरै सम्पन्न रक्षाबन्धन पर्वकाे अवसरमा नेपालभारत दुबै देशका सुरक्षाकर्मी र स्थानीय बीच एकले अर्काकाे नाडीमा रक्षासुत्र बांधेर दाजुभाइ दिदिबहिनीकाे सम्बन्ध प्रगाढ बनाउने रितिकाे शुरूवात गरिएकाे छ ।
यसले नेपालभारत बीच कायम रहेकाे राेटीबेटीकाे आपसी सम्बन्धलाइ यसलाइ एक पटक फेरी सत्यापन गरेकाे छ । दुबै देशबीच भाैगाेलिक सीमा कायम रहेपनि पनि दुबै देशका मानिस वा सुरक्षाकर्मीबीच कुनै प्रकारकाे सीमा छैन । दुबै देशका मानिस एक अर्कासित नजिक रहेका छन् । एक अर्कासित हातेमालाे गर्न तत्पर रहेका छन् ।
नेपालभारतकाे जयनगर स्थित सिमानामा ड्युटीमा रहेका भारतकाे सशस्त्र सीमा बल  र नेपालकाे सशस्त्र प्रहरी बलका जवानहरूलाइ दुबै देशका चेलीहरूले रक्षासुत्र बांधेर रक्षाबन्धन पर्व हर्षाेल्लासका साथ मनाएका छन् । यसले दुबै देशबीच कायम रहेकाे सदभाव र आपसी मित्रता कायम रहने अपेक्षा गरिएकाे छ ।
भारतकाे राजनगर बटालियन अंतर्गत अरराहा कैंप र नेपालकाे सिराहा जिल्लाका सीमाका सशस्त्र प्रहरीले गरेकाे यस प्रयासलाइ नेपाल तथा भारतमा प्रशंसा गरिएकाे छ ।