नवलपरासी, २३ असाेज ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अगामी संसदिय चुनाव अगाडि नै मधेशमा जराे गाडेर बसेकाे नागरिकता समस्या समाधान गरिने दावी गर्नुभयाे । भूमिहीन सुकुम्बासीहरुलाई चुनाव अगाडि नै लालपूर्जा दिने समेत दाबी गर्नुभयाे ।
शनिबार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको मुख्य प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुंदै मधेशकाे समस्या समाधान गर्ने बताउनु भएकाे हाे ।
सत्तासाझेदार दलकाे रूपमा रहेका प्रचण्डले नेपाली कांग्रेसकाे गठबन्धन कै अवधिमा नागरिकता र सुकुम्बासी समस्या समाधान गिर छाडने अडान दाेहाेराउनु भयाे । दलिय गठबन्धनकाे बारेमा प्रष्ट पार्दै प्रचण्डले यसै कारणले आफ्नो दलले भुमी मन्त्रालय लिएको बताउँदै भन्नुभयाे, ‘हेर्नुहोला, चुनाव अगाडि नै लालपूर्जा वितरण गर्छौं ।’

कार्यक्रममा प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिर पुर्याउने चेतावनी समेत दिएका छन् ।
आगोसँग खेलेका कारण बालुवाटारबाट बाटकोट पुगेको र गण्डकी र लुम्बिनी प्रदेश सरकारहरु पनि गुमाएको भन्दै उनले भने, ‘२/४ दिनमा बाग्मती र १ नम्बर प्रदेशबाट पनि जानेछ ।’
सभालाइ सम्बाेधन गर्दै प्रचण्डले हिन्दीमा दिएकाे भाषणकाे भिडियाे …….





