राजन कुमार बानिया
पर्सा २० माघ
पर्साको धोबिनी गाउँपालिकाका योजना शाखा प्रमुखमाथि दुर्वव्यवहार गर्नेलाई कारवाही गर्न माग गर्दै नेपाल निजामती कर्मचारी संगठन पर्साले धर्ना प्रदर्शन गरेका छन ।
योजना शाखा प्रमुख पप्पु पटेललाई दुर्वव्यवहार गर्ने वडा सदस्यका श्रीमानसहित अन्य संलग्नलाई कारवाही गर्न भन्दै संगठनले जिल्ला प्रशासन कार्यालय पर्साको अगाडी २ घण्टा धर्ना प्रदर्शन गरेका हुन ।
गाउँपालिकाको वडा नम्बर १ की वडा सदस्य शान्ति देवीका श्रीमान् धर्मन राउत कुर्मीसहित ठेकेदार र स्थानीको एक समुहले माघ १३ गते योजना शाखा प्रमुख पटेललाई दुर्वव्यवहार गरेको धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले बताए ।
निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेको कर्मचारीहरुको समुहले दुर्व्यवहार गर्ने कुर्मीमाथी कारवाही गर्ने माग गरेको छ ।
अध्यक्ष गिरीले राष्ट्र सेवक कर्मचारीहरुको मनोबल कमजोर हुने तथा सेवा प्रवाहमा समेत प्रभावकारीता कायम नरहने गरी प्रतिशोध एवम् पूर्वाग्रही ढंगले दुर्वव्यवहार गर्न अक्षम्य भएको बताए ।
निज धर्मनलाई कानुन बमोजिम यथासिघ्र कारवाही गरी पिडित कर्मचारीलाई न्याय दिन प्रमुख जिल्ला अधिकारी संग माग गरेका छन् ।
दोषीलाई २४ घण्टाभित्र समातेर कारवाही प्रक्रिया अगाडी नबढाए शुक्रबार पुनः जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने अध्यक्ष गिरीको भनाई छ । शुक्रबार सम्म पनि दोषीलाई कुनै कारवाही भएन भने आइतबारदेखि पर्सा जिल्लाको सम्पूर्ण स्थानिय तह लगायत अन्य कार्यालयहरु बन्द गरी आन्दोलनको अन्य कार्यक्रमहरु अगाडी बढाइने चेतावनी कर्मचारीहरुले दिएका छन्















