राहदानी बनाई दिने भनी रकम ठगी गर्ने १ जना पक्राउ

116
09 January 2020, Bavaria, Nuremberg: Fake passports are lying on a table with a document checking magnifier during a press conference of the Bavarian border police on the annual balance sheet 2019. Photo: Daniel Karmann/dpa (Photo by Daniel Karmann/picture alliance via Getty Images)

काठमाडौं, २१ माघ

राहदानी बनाई दिने भनी रकम लिई ठगी गरेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका-५ संगमचोक बस्ने ३५ वर्षीय मनोज सापकोटालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्‍वरस्थित राहदानी बिभागमा राहदानी बनाउन आएका सर्लाही ईश्‍वरपुरका एक व्यक्तिलाई माघ १८ गते राहदानी बनाईदिने भनी १२ हजार रुपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मनोजलाई पक्राउ गरेको हो ।

उनी उपर ठगी, आपराधिक बिश्‍वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।