कपिलवस्तुमा स्वास्थ्य आपतकालिन प्रतिकार्य परियोजनाकाे समापन कार्यक्रम

79


शत्रुघन खरविन्द ।
कपिलवस्तुमा USAID र स्वास्थ्यको लागि सक्षम प्रणालीको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुबाट संचालित स्वास्थ्य आपतकालिन प्रतिकार्य परियोजनाकाे समापन एक कार्यक्रमका बिच ताैलिहवामा बुधवार सम्पन्न गरिएको छ ।

ताैलिहवा स्थित होटल शक्ति इन्टरनेशनलमा सञ्चालित समापन कार्यक्रममा बाेल्दै शिवराज नगरपालिकाका प्रमुख अजय थापाले कर्मचारी भित्र अनुशासन र हातेमालो गरेर अगाडि बढे मात्रै विकास र स्वास्थ्यमा फड्को मार्नसक्ने बताउनुहुंदै स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयाे ।अगाडि उहाँले स्वास्थ्य सेवा निशुल्क र गुणस्तरीय हुनु आजको अवश्यकता रहेको भन्नुभयाे ।

जिल्लामा पहिले पहिले स्वास्थ्यको अवस्था धेरै नै नराम्रो थियो तर अहिले विस्तारै विस्तारै सुधार हुँदै गइरहेकाे सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनु भयाे । गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न पौडेलले आग्रह गर्नुभयो ।

स्वास्थ्य सेवाको बारेमा सर्वसाधारणलाई शिक्षा दिए मात्रै विभिन्न रोगब्याधिबाट बच्न सक्ने जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेयले बताउनु भयाे । पालिकाहरु स्वास्थ्य मैत्री बजेट ल्याए मात्र स्वास्थ्यमा याे जिल्ला फड्को मार्न सक्ने पाण्डेयले बताउनु भयो ।

कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्य आपतकालिन प्रतिकार्य परियोजनाले समन्वय, योजना र अनुगमन, जोखिम संचार र सामुदायिक संलग्नता, निगरानी, आरआरती र केस अनुसन्धान, बिन्दुको प्रवेश, प्रयोगशाला सुदृढीकरण, संक्रमण रोकथाम र नियन्त्रण, केस व्यवस्थापन, परिचालन समर्थन र रसद, खोप सहयोग कार्यक्रम र अन्य सहयोग लगायत बुदामा रहेर कार्यक्रम संचालन भएको परियोजनाका संयोजक बसुदेव देव सवाकोटले जानकारी दिनुभयो । स्वास्थको लागि सक्षम प्रणालीको ईमर्जेन्सी प्रतिकार्य कन्योनेन्ट फेज आउट भए तापनि कार्यक्रम जुलाइ २०२३ सम्म रहने बताइएको छ ।

कार्यक्रममा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी, महाराजगन्ज नगरपालिका कि उपप्रमुख रीता कुमारी कुर्मी र विभिन्न पालिकाका स्वास्थ्य शाखाका संयोजक र सहसंयोजकहरुको सहभागिता रहेको थियो ।

यो परियोजना जिल्लाको महाराजगन्ज नगरपालिका, कपिलवस्तु नगरपालिका, कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, बाणगंगा नगरपालिका, बुद्धभुमि नगरपालिका, विजयनगर गाउँपालिका, शुद्धोधन गाउँपालिका, यशोधरा गाउँपालिका र मायादेवी गाउँपालिकामा संचालनमा रहेको थियो ।

कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेयकाे अध्यक्षता र कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको प्रमुख अतिथ्यतामा सञ्चालन भएको थियो ।

कार्यक्रमको संचालन उमेश घिमिरेले गर्नुभएको थियो ।