डा. मधुलाई मतदाताको आशीर्वाद, जनता भन्छन् – जीत निश्चित छ

173

राजन कुमार बानिया पर्सा ।

जनता समाजवादी पार्टी नेपाल ए नेकपा एमाले गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ को ( ख ) की प्रदेस सभा सदस्य पदकाे उम्मेदवार डा.मधु गुप्ता कुर्मीको जित निश्चित भएको मतदाताले बताएका छन । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी मतदाताको घर आँगनमा पुग्दा जनताले डा.मधु गुप्ता कुर्मीलाई जितको निश्चित भएको भन्दै फूलमाला र टिका लगाउने गरेका छन ।

स्वास्थ्य क्षेत्रमा बिशेषज्ञता हासिल गर्नुभएकी डा.गुप्ता कुर्मीले समाजमा सडक नाला भन्दा केहि नयाँ किसिमको विकास दिनसक्नु हुन्छ भन्नेमा आफुहरु बिश्वस्त रहेकोले हामि आफ्ना प्रतिनिधित्व गराउनको लागी डा.गुप्ता कुर्मीलाई नै मत दिन आतुर रहेको उनीहरु बताउछन ।

पर्सा क्षेत्र नम्बर ३ ( ख ) का मतदाताको घरमा पुग्दा स्थानीयको हर्षपूर्ण सहभगिता पईरहनु भएको डा.गुप्ता कुर्मीले यसपटक त्यस क्षेत्रमा उहाको जित निश्चित नै भएको आकलन गर्न थालिएको छ ।