9.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

नवलपरासी सिमामा राती ड्राेन-जस्ताे वस्तु देखिएपछि स्थानीय त्रसित, नेपाल–भारत दुबै देशकाे सुरक्षा निकाय मौन

- Advertisement -

वृजराज कुशवाहा, नवलपरासी ।
नवलपरासीकाे दक्षिणी सिमावर्ती क्षेत्रमा विगत केही दिनदेखि रातीकाे समयमा आकाशमा ड्राेन-जस्ताे वस्तु देखिएको हल्लाले स्थानीयवासी त्रसित भएका छन् । राती ८ बजेदेखि ११ बजेसम्म आकाशमा उज्यालो बलिरहेजस्ताे वस्तु देखिएको र त्यही उज्यालो एक ठाउँबाट अर्काे ठाउँमा सर्ने गरेको स्थानियहरूले बताएका छन् ।

यसले गर्दा सिमावर्ती बस्तीका मानिसहरू राती ननिदाई चिन्तामा बस्न बाध्य भएका छन् । “यो ड्राेन नै हो कि, यसले कुनै नराम्रो घटना निम्त्याउने हो कि?” भन्ने भय सर्वत्र फैलिएको छ ।

तर नेपाल–भारत दुबै देशका सुरक्षा निकायहरूले अहिलेसम्म यथार्थबारे कुनै स्पष्टता दिएका छैनन् । नेपाल प्रहरीले “ड्राेन हो वा होइन भन्ने प्रमाण छैन” भन्दै मौनता अपनाएको छ भने भारतीय सुरक्षा निकायहरूले नेपालभित्र कसैले विद्युतिय खेलाैना वा ड्राेन-जस्तै उपकरण प्रयोग गरेको हुन सक्ने अनुमान गरेका छन् ।

सामाजिक सञ्जालमा आतंक

फेसबुकमा ड्राेन देखिएको विषयमा तस्बिर र कथा फैलिँदै गएपछि सामान्य नागरिकले त्यसलाई ठ्याक्कै समाचारजस्तै मान्न थालेका छन् । यसले “ड्राेनको खबर सही हो” भन्ने भ्रम अझै बढाएको छ ।

सीमा सुरक्षामा प्रश्न

सिमामा ड्राेन देखिएको भनाइबीच स्थानीयले नेपालमाथि भारतले ड्राेन उडाएको आरोप लगाउन थालेका छन् भने भारतीयतर्फका सुरक्षाकर्मीले नेपालभित्रबाट उडाइएको हुन सक्ने दाबी गरेका छन् । यसले दुई देशबीचको सीमा सुरक्षाबारे थप प्रश्न खडा गरेको छ ।

कानुनी प्रावधान के भन्छ?

अन्तर्राष्ट्रिय नियमअनुसार कुनै पनि देशको सीमाभित्र ड्राेन वा अन्य प्रकारका हवाई उपकरण उडाउनुअघि सम्बन्धित देशको अनुमति लिनुपर्छ । नेपालमा पनि नागरिक उड्डयन प्राधिकरण (CAAN) बाट विशेष अनुमति विना ड्राेन उडाउन निषेध छ, विशेषगरी सीमा क्षेत्र र सुरक्षा संवेदनशील क्षेत्रमा । भारतमा पनि त्यस्तै कडाइकाे व्यवस्था छ ।

तर सीमा क्षेत्रमा राती देखिएको भनिएको वस्तुबारे आधिकारिक छानबिन र सार्वजनिक सूचना नआएको कारण जनस्तरमा भ्रम र त्रास बढिरहेको छ ।

स्थानीयवासीले छिटोभन्दा छिटो यथार्थ सार्वजनिक गर्न दुबै देशका सुरक्षा निकाय र सम्बन्धित अधिकारीलाई आग्रह गरेका छन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme