नवलपरासीमा लागु औषध सहित ३ जना पक्राउ

174

सहबान अन्सारी

नवलपरासीमा लागु औषधि सहित ३ जना मानिस र रू. १ लाख ५४ हजार बराबरको बोका प्रहरीले नियन्त्रणमा लिएर कार्वाही चलाएकाे छ ।
मंगलवार सरावल गाउँपालिका वडा नं.६ बडसार स्थित पारसनाथ गुप्ताको घरमा नियन्त्रित लागु औषध (मनोद्धिपक पदार्थ) प्याकिङ गर्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने १७ वर्षिय प्रहलाद कहाँर, १८ वर्षिय राजन गुप्ता र १५ वर्षिय कृष्ण मोहन सहानी समेतलाई पक्रााउ गरेकाे हाे ।

उनीहरूकाे साथबाट बुप्रिनर्फिन १०० एम्पुल, फेनारगन १९७ एम्पुल र डाईजेपाम ८ एम्पुल गरी जम्मा ३०५ एम्पुल लागु औषध र बुप्रिनर्फिनको स्टिकर ९१५ थान बरामद गरिएकाे ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरिक्षक सहित खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका निजहरु विरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसैगरि बर्दघाट नगरपालिका वडा नं. ४ टिसियन चोक स्थित पुर्व-पश्चिम राजमार्गको दक्षिण तर्फको खाली जमिनमा भारतबाट भन्सार छली अवैध रुपमा भित्र्याई लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी १ लाख ५४ हजार मुल्य बराबरको २२ जिउ जिउदो खसी-बोका ईलाका प्रहरी कार्यालय बर्दघाटले नियन्त्रणमा लिएको हो।उक्त बरामद खसी-बोका आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।