मृत अवस्थामा फेला

22

काठमाडौं, २८ भदौ

मोरङ, रंगेली नगरपालिका-४ आमतोलास्थित खेतको आलीमा धनपालथान गाउँपालिका-३ बस्ने ५५ वर्षीय गणेश मुर्मु आइतबार मृत अवस्थामा फेला परेको छन् ।

प्युठान, झिमरुक गाउँपालिका-७ तुसारास्थित भित्री बाटोमा सोही गाउँपालिका-६ कुटिचौर बस्ने ३३ वर्षीय पदम पोख्रेल आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।