समाजसेवी क्षेत्रीद्वारा मुसहर समुदायलाई न्यानो कपडा बितरण
- बिरगंज
अमेरीका बस्ने वरिष्ठ सामाजिक सेवी / सामाजिक अभियान्ता अमर क्षेत्रीको आर्थिक सहयोग र पिसफोर दलितस फाउन्डेसन नेपाल , प्रदेश -२ को सहजीकरणमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका -३ , कौवाबन टोलमा मुसहर समुदायको लागि ६० जना घरपरिवारको लागि प्रति घर ब्लेकेट न्यानो कपडा वितरण गरिएको छ। यस टोलको ८० जना बालबालिकाको लागि हाजिनी जैकेट , टोपी टाउजर सहयोग गरिएको छ। अमेरीका बस्ने आएका अमर क्षेत्रीले १ लाख ६८ हजार आर्थिक सहयोग गर्नु भएको हो।
नेपालको तराई क्षेत्रमा सितलहर बढेसगैं तराईका सबै जिल्लामाको दलित समुदाय प्रभावित रहेकोे छ्न। पर्सा जिल्लामा पनि सितलहरको अत्यधिक प्रभाव बढदा जाडो मौसममा जिल्लाका दलित समुदायको पनि दैनिकी जीवन कष्टकर भएकोले मुसहर समुदायलाई न्यानो कपडा वितरण गरिएको हो। मुसहर समुदायको आर्थिक अवस्था कमजोर भएको हुदाँ न्यानो कपडा बितरण गरिएको समाजसेवी क्षेत्रीले बताए ।
यसअघि पनि क्षेत्रीले दलित समुदायको लागि घर निर्माण तथा बिरामी बच्चालाई उपचारको लागि आर्थिक सहयोग गर्नु भएको थियो।
बितरण कार्यक्रममा दलित दबाब समुहको अध्यक्ष जयलाल महरा चमारको अध्यक्षता तथा गौदम देवीको प्रमुख अथित्यता रहेको कार्यक्रममा पिसफोर दलित फाउन्डेसन नेपालको सदस्य पारमान्द राम , अशोक रामको उपस्थित रहेकोे कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपाल अध्यक्ष / दलित सामाजिक अभियान्ता मनोज रामले गर्नु भएको थियो।
- Advertisement -
- Advertisement -
- Advertisement -