13.6 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

दाउन्ने पहाडको सडक भासिँदा नारायणघाट–बुटवल सडक पूर्णरूपमा अवरुद्ध

- Advertisement -

काठमाडौं, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), असार २४
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित दाउन्ने जंगलको खुर्सानी खोला नजिक सडक भासिँदा नारायणघाट–बुटवल सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार लगातारको वर्षाका कारण मंगलबार बिहान ५ः५५ बजे तिर झन्डै ३–४ फिटसम्म सडक भासिएपछि दुवैतर्फको सवारी आवागमन ठप्प भएको हो।

घटनाको समय पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ क ५८२७ नम्बरको ट्रक सडकको भासिएको भागमा फसेको थियो। ट्रकलाई सुरक्षीतरूपमा हटाइसकिएको र अब सडक मर्मतको काम सुरु हुन लागेको प्रहरी उपरीक्षक (डिएसपी) विरदत्त पन्तले जानकारी दिए।

“दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ। लगातारको वर्षाले मर्मत कार्यमा समेत कठिनाइ भइरहेको छ,” डिएसपी पन्तले भने, “यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।”

सडक अवरुद्ध भएसँगै उक्त खण्ड हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकले गम्भीर सास्ती भोगिरहेका छन्। मौसम अनुकूल भए मात्र सडक सुचारु गर्न सकिने जनाइएको छ।


spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme