नवलपरासीमा ६ जना फरार अभियुक्त पक्राउ

128

सहबान अन्सारी

नवलपरासीमा विभिन्न मुद्दामा फरार रहेका ६ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालतबाट २०६९ सालदेखि २०७१ सालसम्मका विभिन्न मितिमा फैसला भई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले बुधवार जानकारी दिइएको हो ।
प्रहरीका अनुसार सुनवल नगरपालिका अन्तर्गत एरियाबाट वन मुद्दामा ६ जनालाई ईलाका प्रहरी कार्यालय सुनवलले पक्राउ गरेको हो ।
४ महिना २४ दिन कैद र ८९ हजार हजार ५ सय २७ रुपैयाँ जरिवाना रहेको ६ जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट लगत अनुसारको कारवाही भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट मंसिर २८ गतेदेखि हालसम्म विभिन्न मुद्धाका १५४ जना फरार अभियुक्त जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको छ ।