8.1 C
New York
Wednesday, April 22, 2026

Buy now

spot_img
spot_img

बिन्दबासिनी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा राजु प्रसाद साह

- Advertisement -

वीरगञ्ज । पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा राजु प्रसाद साह हाजिर भएका छन् । धोबिनी गाऊपालिकामा कार्यरत रहेका साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकाको कामकाजका लागि बिन्दबासिनी गाउँपालिकामा पठाएपछि उनी हाजिर भएका हुन् ।बिन्दबासिनी गाउँपालिकाको कार्यालय बहुआर्वा भट्ठामा मंगलबार हाजिर हुन गएका गिरीलाई गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुले टिका लगाएर भव्य रूपमा स्वागत गरेका थिए ।पालिकाका जनप्रतिनिधीहरु र कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृत साहलाई गम्छा , फूलको माला र अबिरको टीका लगाएर भव्य स्वागत गरेका थिए ।कार्यक्रममा गाउँपालिका अध्यक्ष कानुले अधिकृत साहलाई कसैको दबावमा काम नगरी कानुन अनुसार काम काज गर्ने आग्रह गरेका थिए ।अध्यक्ष कानुले प्रत्येक ८ दिनमा कर्मचारी मिटिङ्ग बसाई समन्वय गरी अगाडि बढ्ने सुझाव दिनु भयो ।साथै गाऊपालिकामा अधूरों रहेको बिकाश निर्माणको काम छिटोछरितो गराऊन अधिकृत साहलाई आग्रह गरे । उक्त कार्यक्रममा बोल्दै अधिकृत साहले आफूले जन चाहना अनुसार जनप्रतिनिधिको समन्वयमा काम गर्ने बताए । उनले भने जनप्रतिनिधिको समन्वय र सहकार्यमा जन चाहना अनुसार काम गर्ने छु , त्यसको लागि जनप्रतिनिधि र कर्मचारी बीचको समन्व्य जरुरी छ । ग्रामीण भेगका सबै समस्यालाई पहिचान गरी समानुपातिक विकासको अवधारणालाई अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे अधूरों रहेको बिकास निर्माणको काम काज गराई बिकसित गाऊपालिकाको रूपमा चीनाउने हरपल लागीरहने बताए । कसैको दबावमा नपरि क़ानून बमोजिम कामकाज गर्ने प्रतिबदता समेत अधिकृत साहले गरे । पालिकामा यस भन्दा अगाडि प्रमुख प्रशासकिय अधिकृत अमित गिरीले कार्यालय प्रमुखको जिम्मेवारीमा काम गर्दै आएका थिए ।मंगलबार हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत साहले सोहि दिनदेखी कार्यभार समेत सम्मालेका छन् ।उक्त कार्यक्रममा गाऊपालिका उपाध्यक्ष किरण देवी गुप्ता , वडा १ वडा अध्यक्ष सागिर मियाँ , ४ का वडा अध्यक्ष अनोज कुमार चौरसिया , ५ का वडा अध्यक्ष सुकदेव राउत अहिर , जसपा प्रदेश कमिटी सदस्य गौरीशंकर साह , युवा नेता अछेलाल महतो , स्थानीय नेता पसुराम यादव लगायत, गाऊपालिकाको कर्मचारीहरुको सहभागिता रहेको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme