राष्ट्रपति भण्डारीको पुत्ला जलाइयो

76

रुपन्देही ।
नागरिकता विधेयक फिर्ता गरेको भन्दै रुपन्देहीमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन जलाइएको छ । राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का नेता कार्यकर्ताहरुले विराेध गर्दै रोहिणीको धकधईमा प्रदर्शन गरेका हुन् ।

लोसपाका युवा नेता महेन्द्र गुप्ता (प्रशान्त)को नेतृत्वमा मंगलबार सो पार्टीका नेता कार्यकर्ताहरुले राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका थिए । उनीहरुले राष्ट्रपति विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । 

गत साउन ६ गते संघीय संसदबाट पारित विधेयक प्रमाणीकरणका लागि साउन १५ गते राष्ट्रपति कार्यालय पठाइएको थियो । संघीय संसदको दुवै सदनबाट बहुमतले पारित भएको उक्त विधेयक संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको भन्दै राष्ट्रपति भण्डारीले आइतबार साँझ प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् ।