नेपाली कांग्रेसले टुंगाे लगायाे, पश्चिम नवलपरासीका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूकाे नाम

584

नवलपरासी । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस पश्चिम नवलपरासीले उम्मेदवारहरूकाे नामवली टुंगाे लगाएकाे छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलकाे नाम क्षेत्र नंं २ तथा देवकरण प्रसाद जायसवाल (सन्तु) काे नाम क्षेत्र नं १ बाट सिफारिश गरिएकाे छ ।

नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको छ । यसमा संविधानसभा सदस्यद्धय देवकरण प्रसाद जायसवाल (सन्तु), विक्रम खनाल, जिल्ला सचिव कुलदीप आचार्य, महाधिवेशन प्रतिनिधि उषा बास्तोला र केन्द्रीय सदस्य बिनाेद चाैधरीकाे नाम सिफारिस गरिएकाे छ । समानुपातिकतर्फ लालबहादुर गुरुङ्, गिरीषबहादुर थारु, ज्ञानीमाया लामा र अम्बिका चौधरी सिफारिस हुनुभएको छ ।

क्षेत्र नं. १ को प्रदेशसभा क तर्फ प्रत्यक्षमा प्रदेश सदस्य विश्वप्रेम पाठक एकल सिफारिस हुनुभएको छ भने समानुपातिकमा शुकबहादुरु गुरुङ्, दीपप्रकाश लोहनी, तपचन्द्र विश्वकर्मा, कर्णबहादुर विक, प्रेम कामु मगर, पशुपति चौधरी, सूर्यमान चौधरी (थारु महिलातर्फ) कमला पराजुली, धनमति सापकोटा, विजुला श्रेष्ठ, रमिता चौधरी, लक्ष्मी तिवारी र विन्दा कंहार सिफारिस हुनुभएको छ ।

क्षेत्र नं. १ कै प्रदेशसभा ख तर्फ प्रत्यक्षमा क्षेत्रीय सभापति मुकुल कुमार आचार्यको नाम सर्वसम्मत रुपमा लुम्बिनी प्रदेशसभा सदस्य पदका लागि सिफारिस गरिएको छ भने समानुपातिक तर्फ हस्मुदिन शेख, राधिका पाण्डे, बिमला उपाध्याय, रमादेवी चौधरीको नाम सिफारिस गरिएको छ ।

यस्तै क्षेत्र नं. २ बाट नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेलकाे नाम सिफारिश गरिएकाे छ । यसका साथै सुनवल नगरपालिकाका पूर्व मेयर भीमबहादुर थापा (भरत) र रामग्राम नगरपालिकाका पूर्व मेयर नरेन्द्र गुप्ता तथा दुर्गा कोईरालाको नाम सिफारिस गरिएको जिल्ला सचिव आचार्यले जानकारी दिनुभयो ।

प्रतिनिधिसभामा समानुपातिक तर्फ पार्टीका जिल्ला सभापति अर्जुन पोखरेल, नेताहरु रामचन्द्र मौय, मन्जु खत्री सिफारिस हुनुभएको छ ।

क्षेत्र नं. २ को प्रदेशसभा क तर्फ प्रत्यक्षमा यामलाल पाण्डे, यामप्रसाद भुसाल, सोमबहाुर रायमाझी र मोहन प्रसाद शर्माको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ देवी पोखरेल, उत्तमा राय, रामबहादुर क्षेत्री, गीता पौडेल, गोपी पुन, रुद्रनाथ राय थारु, सीता गुरुङ, ज्योति ढकाल पराजुली, शिवशंकरप्रसाद राय, कृष्णनारायण श्रेष्ठ, सुनिता सुवेदी श्रेष्ठ, टिचन गुरुङ प्रदेशसभामा सिफारिस हुनुभएको छ ।

क्षेत्र नं.२ कै प्रदेशसभा ख तर्फ प्रत्यक्षमा विक्रम यादव, बैजनाथ कलवार, वीरेन्द्र अग्रहरी, नगेन्द्र अग्रहरी र सीता ज्ञवालीको नाम सिफारिस गरिएको छ भने समानुपातिकमा अराधना भट्ट, अयोध्याप्रसाद यादव, राधेश्याम पाठक, अनिता दवाडी तिवारी सिफारिस हुनुभएको जिल्ला सचिव आचार्यले बताउनुभयो ।

कांग्रेसले नवलपरासीका दुई वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम आज प्रदेशमा सिफारिस गरेको हो ।